काठमाडौं- नेपाल टेलिकमले दूरसञ्चार सेवा उपयोग गरेबापत बाँकी रहेको बक्यौता रकम तीन महिनाभित्र भुक्तानी गरे जरिवाना नलाग्ने व्यवस्था गरेको छ।
आइतबार सूचना प्रकाशित गर्दै टेलिकमले आर्थिक वर्ष ०७९/०८० सम्मको बक्यौता मंसिर १ गतेदेखि माघ मसान्तसम्म भुक्तानी गरेमा ग्राहकलाई लगाइने जरिवाना शुल्क पूर्ण रूपमा छुट हुने उल्लेख गरेको छ।
यस अवसरको लाभ लिन बक्यौता रहेका सबै ग्राहकहरूलाई टेलिकमले अनुरोध गर्दै समयमा भुक्तानी नगरे नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा कालोसूचीमा राख्ने तथा सम्बन्धित सेवा रोक्का गर्ने प्रक्रियासमेत अघि बढाइने चेतावनी दिएको छ।