शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई बोनससहित आकर्षक सेवासुविधा

शनिबार, कात्तिक २९ २०८२
एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई बोनससहित आकर्षक सेवासुविधा

एनपीएल फ्यान प्याकहरु शनिबार (आज) देखि सुरु भएको यो योजना मंसिर २७ सम्म सञ्चालनमा रहनेछ।

काठमाडौं- एनसेलले यही सोमबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई झनै रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याकहरु ल्याएको छ। एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्युवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवासुविधा बोनसस्वरुप निःशुल्क पाउने एनसेलले जनाएको छ।

अफरको सूचीमा समावेश प्याकअनुसार २५ मिनेट अन-नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन-नेट कल, निःशुल्क टिकटक, निःशुल्क युट्युब, ७५० एमबी वा १ जीबी डेटाजस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन्। अर्थात् ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवासुविधाबाहेक थप बोनसको फाइदा लिन सक्नेछन्।

एनपीएल फ्यान प्याकहरु शनिबार (आज) देखि सुरु भएको यो योजना मंसिर २७ सम्म सञ्चालनमा रहनेछ।

बोनस सेवा सुविधासँगै ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भइ थप बोनस सेवासुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ।

एनपीएल फ्यान प्याकमा ९९ रूपैयाँमा अनलिमिटेड डेटा, २०० कम्बो, २०० कम्बो रिन्युवल, सधैँ अन ३९९, सधैँ अन ३९९ रिन्युवल, र५९९ होम एन्ड अवे, ५९९ होम एन्ड अवे रिन्युवल, ९९ अनलिमिटेड अल नेपाल, ९९ अनलिमिटेड अल नेपाल रिन्युवल, २९९ अनलिमिटेड अल नेपाल र २९९ अनलिमिटेड अल नेपाल रिन्युवल प्याक गरी ११ वटा प्याकहरु रहेका छन्।

कम्पनीका अनुसार यी सबै प्याकले प्याकको प्रकारअनुसार निश्चित सेवासुविधा निःशुल्क बोनसका रुपमा सुनिश्चित गर्छन्। जस्तै, ९९ रूपैयाँको अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन-नेट कल पाउनेछन्। सधैँ अन ३९९ र सधैँ अन ३९९ रिन्युवल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ।

त्यस्तै, ५९९ को होम एन्ड अवे वा यसको रिन्यूवल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क युट्युब पहुँच प्रदान गरिनेछ भने २९९ रूपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरुले १ जीबी डेटा बोनस पाउँने छन्। यसरी पाइने बोनस सेवासुविधाको समयसीमा १ दिनको रहनेछ।

एनसेल यसपटकको एनपीएल दोस्रो संस्करणमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गरेको छ। एनपीएलको दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार (मंसिर १)देखि सुरु भइ मंसिर २७ सम्म चल्नेछ।


प्रकाशित : शनिबार, कात्तिक २९ २०८२१६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend