बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

मौलाकाली केबलकार छिटै पुनः सुरु गरिने, माथिल्लो स्टेशनमा इला होटल एन्ड रिसोर्ट सञ्चालनमा

शुक्रबार, कात्तिक २८ २०८२
मौलाकाली केबलकार छिटै पुनः सुरु गरिने, माथिल्लो स्टेशनमा इला होटल एन्ड रिसोर्ट सञ्चालनमा

मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा निर्माण गरिएको इला होटल एण्ड रिसोर्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ।

काठमाडौं- मौलाकाली केबलकारको माथिल्लो स्टेशनमा निर्माण गरिएको इला होटल एण्ड रिसोर्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ।

गएको भदौ २४ मा आएको दुर्घटनापछि प्रभावित भएका संरचनाको मर्मत-सम्भार अन्तिम चरणमा पुगेसँगै केही दिनभित्रै केबलकार सेवा पनि पुनः सञ्चालनमा आउने भएको छ।

केबलकार सञ्चालकले जनाएको अनुसार बटम स्टेशनका क्षतिग्रस्त संरचना द्रुतगतिमा पुनःनिर्माण भइरहेका छन्। 'हाम्रो प्रयास सकेसम्म चाँडो केबलकार सेवा सुचारु गर्ने र अझ मजबुत रूपमा अघि बढ्ने हो,' व्यवस्थापनले जनाएको छ।

दुर्घटनापछिको कठिन परिस्थितिमा साथ, सहयोग र विश्वास गरिने सहानुभूतिप्रति व्यवस्थापनले कृतज्ञता व्यक्त गरेको छ।

'नयाँ ऊर्जा, नयाँ उत्साह र अझ स्तरीय सेवासहित स्वदेशी तथा विदेशी पाहुनाको स्वागत गर्न हामी पूर्ण रूपमा तयार छौँ,' विज्ञप्तिमा उल्लेख छ।

मौलाकाली क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा धार्मिक गन्तव्यको विकास-विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता यथावत् रहनेछ।


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend