बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भोजपुर-काठमाडौं हवाई उडान थपिँदा सहज

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २८ २०८२
भोजपुर-काठमाडौं हवाई उडान थपिँदा सहज

निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।

भोजपुर- नेपाल वायुसेवा निगमले भोजपुर-काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ। 

सातामा दुईवटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो।

यसअघि उडान कम हुँदा बाह्य अपस्तालमा बिरामी लैजान समस्या हुँदै आएको थियो। अकास्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठूलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका-१२ का स्थानीय पर्शुराम कार्कीले बताए। 

उडान थप भएपछि स्थानीय कम लागतमा काठमाडौंका अस्पतालमा पुगेर उपचार गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ।

निगमले काठमाडौं-भोजपुर-काठमाडौं उडान तालिका थप गरेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए। उनका अनुसार यही कात्तिक २६ गतेदेखि मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ।  

प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो। निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ । 

भोजपुरमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ। जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई काठमाडौं, विराटनगर, धरानलगायत स्थानका अस्पताल जानुपर्ने बाध्यता छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२१४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend