बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २८ २०८२
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।

काठमाडौं- बिहीबारको तुलनामा आज शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७ सय  रुपैयाँ कायम भएको छ भने चाँदी तीन हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार एक तोला सुन दुई लाख ५० हजार २ सय र चाँदी तीन हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend