बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बैंक तथा वित्तीय संस्था दबाबमा छन्, अब नयाँ ढंगले सोच्नुपर्छ : सन्तोष कोइराला

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २८ २०८२
बैंक तथा वित्तीय संस्था दबाबमा छन्, अब नयाँ ढंगले सोच्नुपर्छ : सन्तोष कोइराला

'पछिल्लो समयमा जेनजी आन्दोलन, बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिले पनि जोखिम बढाएका छन्। फेरि आन्दोलन हुन्छ भन्ने हल्लाले पनि बजारको आत्मविश्वास कमजोर पारेको छ।'

काठमाडौं- बैंक तथा वित्तीय संस्था अहिले विभिन्न आन्तरिकर बाह्य कारणले दबाबमा रहेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को छैठौँ साधारणसभामा बोल्दै कोइरालाले पछिल्लो तथ्यांकले वित्तीय क्षेत्रको अवस्था सूचकांकका आधारमा खासै सन्तोषजनक देखिन नसकेकाले सतर्कता आवश्यक रहेको उल्लेख गरे।

'पहिलो त्रैमासिक तथ्यांकले अवस्था राम्रो छैन भन्छ, पछिल्लो समयमा जेनजी आन्दोलन, बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिले पनि जोखिम बढाएका छन्। फेरि आन्दोलन हुन्छ भन्ने हल्लाले पनि बजारको आत्मविश्वास कमजोर पारेको छ' उनले भने।

अध्यक्ष कोइरालाले निरन्तर नकारात्मक समाचार, चर्चा र त्यस्तै वातावरणले वित्तीय क्षेत्रमाथि अनावश्यक दबाब बढाउने भन्दै अब नकारात्मक सोचबाट बाहिर निस्किनु पर्नेमा जोड दिए। 'सधैँ नकारात्मक कुरा गरेर हुँदैन, अब नयाँ ढंगले सोच्नुपर्छ', उनले भने।

गभर्नर विश्वनाथ पौडेल भन्छन् - लगानीयोग्य रकम १० खर्ब पुग्दै, नयाँ सेक्टर नखुलेसम्म माग बढ्दैन गभर्नर विश्वनाथ पौडेल भन्छन् - लगानीयोग्य रकम १० खर्ब पुग्दै, नयाँ सेक्टर नखुलेसम्म माग बढ्दैन


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend