काठमाडौं- गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अवरुद्ध बनेर केही समयअघि मात्र खुलेको यातायात व्यवस्था विभागको सर्भर र डेटा सेन्टरमा फेरि समस्या आएको छ।
यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि सेवा अवरुद्ध भएको विभागले जनाएको छ। १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको हो।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ। २३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए।
विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको विभागले सूचनामार्फत जानकारी दिएको छ।