बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

भूकम्प प्रतिरोधी भवन निर्माणका लागि मन्त्री कुलमान घिसिङले गराए नयाँ राष्ट्रिय भवन संहिता लागु

शुक्रबार, कात्तिक २८ २०८२
भूकम्प प्रतिरोधी भवन निर्माणका लागि मन्त्री कुलमान घिसिङले गराए नयाँ राष्ट्रिय भवन संहिता लागु

बिहीबार राजपत्रमा प्रकाशित गर्दै नयाँ संहिता आजैदेखि कार्यान्वयनमा आएको छ।

काठमाडौं- सरकारले भर्खरै भूकम्प प्रतिरोधी भवन निर्माणका लागि परिमार्जित राष्ट्रिय भवन कोड लागु गरेको छ। बिहीबार राजपत्रमा प्रकाशित गर्दै नयाँ संहिता आजैदेखि कार्यान्वयनमा आएको छ।

अव्यावहारिक प्रावधान, जटिल डिजाइन प्रक्रिया र अन्तर्राष्ट्रिय मापदण्डसँग नमेल खाने व्यवस्थालाई संशोधन गर्दै कोड पूर्णरूपमा अद्यावधिक गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ। नयाँ कोडले भवनसँगै जलविद्युतका बाँध, विद्युतगृह, सुरुङलगायत कठिन संरचना निर्माणका लागि समेत प्राविधिक मार्गदर्शन दिन्छ।

शहरी विकास मन्त्री कुलमान घिसिङले 'नयाँ कोड सुरक्षित भविष्य निर्माणको कोशेढुङ्गा' भएको बताउँदै स्थानीय तह, इन्जिनियर र नागरिकलाई कडाइका साथ लागु गर्न आग्रह गरे।

परिमार्जित कोडमा ७५३ वटै स्थानीय तह समेटिएको नयाँ सिस्मिक जोनिङ म्याप, काठमाडौं उपत्यकाको विशेष माटो वर्गीकरण, हिमपात, माटो दवाव र तरल पदार्थ दवाव समेटिएको नयाँ लोड संयोजन सूत्र, अग्ला भवनका सफ्टस्टोरी र टोर्सनल इरेगुलरिटी नियन्त्रण लगायतका महत्वपूर्ण सुधार समावेश छन्।

नयाँ कोडले भवन डिजाइन तथा निर्माणमा एकरूपता, पारदर्शिता बढ्ने, भूकम्पीय क्षति न्यून हुने, दीर्घकालीन लागत घट्ने र भवन स्वीकृतिमा वैज्ञानिक मूल्यांकन सहज हुने सरकारको दाबी छ।


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२०८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend