बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सेनामा खुल्यो जागिर, ३६०० जना भर्ना गर्न दरखास्त आह्वान

शुक्रबार, कात्तिक २८ २०८२
सेनामा खुल्यो जागिर, ३६०० जना भर्ना गर्न दरखास्त आह्वान

नेपाली सेनाले सैनिक पदका लागि ठूलो संख्यामा नयाँ भर्ना खुला गरेको छ। जंगी अड्डाले जारी गरेको विज्ञापनअनुसार विभिन्न पृतना, गण तथा बाहिनीहरूका लागि कूल ३ हजार ६ सय जनाको दरखास्त आह्वान गरिएको हो।

काठमाडौं- नेपाली सेनाले सैनिक पदका लागि ठूलो संख्यामा नयाँ भर्ना खुला गरेको छ। जंगी अड्डाले जारी गरेको विज्ञापनअनुसार विभिन्न पृतना, गण तथा बाहिनीहरूका लागि कूल ३ हजार ६ सय जनाको दरखास्त आह्वान गरिएको हो।

सेनाले उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रे स्थित भकुण्डेबेसीको २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जना दरखास्त माग गरेको छ। सबैभन्दा धेरै ४२५ जना माग सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि गरिएको छ।

यसबाहेक विभिन्न गण तथा बाहिनीहरूमा आवश्यकता अनुसार ब.का.सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी लगायत विभिन्न ट्रेडका फोलोअर्स पदमा पनि भर्ना खुलाइएको सेनाले जनाएको छ।

सैनिक पदका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण तोकिएको छ। लेटर ग्रेडिङ प्रणालीअनुसार प्रमाणपत्र भएका आवेदकका लागि कक्षा ८ मा जिपिए २ अनिवार्य छ भने कुनै पनि विषयमा डी प्लसभन्दा कम हुन नहुने व्यवस्था छ। एसईई वा सोभन्दा माथिको शैक्षिक योग्यता बुझाउनेका लागि न्यूनतम जिपिए १.६ राखिएको छ। विभिन्न ट्रेडका फोलोअर्स पदका लागि भने साधारण लेखपढ गर्न सक्नेले पनि दरखास्त दिन सक्ने व्यवस्था छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर मंसिर २८ देखि पुस ५ गतेसम्म पनि दरखास्त दिन मिल्नेछ। खुलातर्फ दरखास्त दस्तुर १ सय ५० रुपैयाँ, समावेशीतर्फ त्यसमा २० प्रतिशत थप लाग्नेछ। ट्रेड फोलोअर्सका लागि १ सय रुपैयाँ दस्तुर तोकिएको छ।

सेनाले देशभर रहेका विभिन्न भर्ना छनौट कार्यालयहरूमा स्वयं उपस्थित भई दरखास्त दिनुपर्ने व्यवस्था मिलाएको छ।

sena.jpg

 


प्रकाशित : शुक्रबार, कात्तिक २८ २०८२०७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend