काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुले काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा विशेष छुट पाउने भएका छन्। बैंक र होटलबीच सेवामा छुट दिनेगरी सम्झौता भएको हो।
उक्त सम्झौतापश्चात बैंकका ग्राहकहरुले काठमाडौंको रविभवनमा रहेको उक्त होटलमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन्। उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पालगायतका सेवा ग्राहकले लिन सक्नेछन्।
सुविधा उपभोगका लागि बैंकको डेबिट, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंकएप मार्फत भुक्तानी गर्नुपर्ने छ।
यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ।


