काठमाडौं- नेपालकै अग्रणी ब्राण्ड सीजीले आफ्नो घरायसी उपकरण ब्रान्डअन्तर्गत नेपालकै पहिलो एआई सञ्चालित एयर फ्रायर औपचारिकरूपमा सार्वजनिक गरेको छ।
सीजीएमआरएएफ८एलएआई मोडलको यस एआई एयर फ्रायरको पावर १८०० वाट र क्षमता ८ लिटरको छ।
कम्पनीका अनुसार यो नेपालमा पहिलोपटक एआई र आईओटी प्रविधि संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरूमार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ।
साथै, यस उपकरणलाई सीजी स्मार्ट होम एपमार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ। प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पाक मोड, तापक्रम र समय सेट गर्नसक्ने आधुनिक सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ।
यो एयर फ्रायरमा स्मार्ट एआई कुकिङ, स्मार्ट वाटर एण्ड ओयल स्प्रे फङ्गसन, लार्ज क्यापासिटी नन स्टिक बास्केट (८ लिटर) सुविधासँगै भर्सटायल कुकिङ अप्सन सुविधा रहेका छन्। जसमा फ्राइ, ग्रिल, रोस्ट वा बेक गर्न सकिन्छ। यसमा एडजस्टेबल तापक्रमलगायत भान्सालाई आधुनिक एवं सहज बनाउने अन्य थुप्रै सुविधाहरु पनि रहेका छन्।
कम्पनीका प्रतिनिधिहरूका सीजी मेरिडियाले नेपालमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने प्रयास गरेको छ। यो नयाँ एयर फ्रायर अत्यन्तै सरल र प्रयोगकर्तामैत्री रहेको छ जसकारण यसलाई जोकोहीले सजिलै प्रयोग गर्न सक्छन्।
यसको अधिकतम खुद्रा मूल्य १६ हजार १४० रूपैयाँ निर्धारण गरिएको छ। यो एयर फ्रायर देशभरका सबै सीजी डिजिटल आउटलेटहरूका साथै अन्य खुद्रा स्टोरहरू तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि सहजै खरिद गर्न सकिन्छ।


