काठमाडौं- एमएडब्लू वृद्धिले फोटोन कमर्सियल भेहिकल्सका लागि प्रदान गरिने 'पायोनियर इन न्यू एनर्जी प्रोमोसन अवार्ड' प्राप्त गरेको छ। यो सम्मान बेइजिङमा सम्पन्न 'फोटोन ग्लोबल कन्फरेन्स २०२६' मा प्रदान गरिएको हो।
१४० भन्दा बढी देशहरूको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको कम्पनीको भनाइ छ। फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए।
'फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२६' नोभेम्बर ६ देखि १० सम्म बेइजिङमा भएको थियो। 'अ सेयर्ड भिजन: टु बी अ वर्ल्ड-क्लास कमर्सियल भेहिकल इन्टरप्राइज' भन्ने विषयवस्तुका साथ आयोजित यस कार्यक्रममा १४० भन्दा बढी देशका २,००० भन्दा धेरै साझेदारहरूको सहभागिता थियो।
कार्यक्रममा ११० अत्याधुनिक कमर्सियल भेहिकल्स प्रदर्शन गरिएका थिए र उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र अभिवृद्धि योजनाहरू पनि प्रस्तुत गरिएको थियो।


