बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गुल्मीमा आजदेखि सातामा चारपटक हवाई उडान सुरु

बिहीबार , कात्तिक २७ २०८२
गुल्मीमा आजदेखि सातामा चारपटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरेर सातामा चारपटक उडान गर्ने भएको हो।

गुल्मी- रेसुंगा विमानस्थलमा आजदेखि सातामा चारपटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुंगा स्टेसनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमितरुपमा साताको चारपटक हवाई उडान सुरु भएको जानकारी दिए।

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एकपटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो। अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चारपटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए।

नेपाल वायुसेवा निगमले रेसुंगा विमानस्थलमा अबदेखि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरेर सातामा चारपटक उडान गर्ने भएको हो।

सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६:३० बजे र रेसुंगाबाट बिहान ७:३० बजे हवाई उडान गर्दै आएको छ। निगमले काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० रूपैयाँ र गुल्मीबाट काठमाडौ|का लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ।

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend