बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल एयरलाइन्सको महाप्रबन्धक बन्न स्नातकोत्तर गरेको हुनुपर्ने, अरू के छन् मापदण्ड?

बिहीबार , कात्तिक २७ २०८२
नेपाल एयरलाइन्सको महाप्रबन्धक बन्न स्नातकोत्तर गरेको हुनुपर्ने, अरू के छन् मापदण्ड?

महाप्रबन्धक छनोट समितिले आवेदन दिने समय १५ दिनको राखेर सूचना जारी गरेको छ। छनोट समितिको सिफारिसको आधारमा सरकारले निगम महाप्रबन्धक नियुक्ति गर्ने छ।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ६ दशक लामो यात्रामा पहिलोपटक खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि आवेदन खुला गरिएको छ।

राजनीतिक भर्ती केन्द्र बनेको निगममा महाप्रबन्धक नियुक्ती खुला प्रतिस्पर्धाबाट हुने निश्चित भएको छ। महाप्रबन्धक छनोट समितिले आवेदन दिने समय १५ दिनको राखेर सूचना जारी गरेको छ। छनोट समितिको सिफारिसको आधारमा सरकारले निगम महाप्रबन्धक नियुक्ति गर्ने छ।

निगमको रिक्त महाप्रबन्धक पद पूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमार्फत दरखास्त माग गरिएको हो। महाप्रबन्धकका लागि ३० वर्ष पूरा भइ ६५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउने छन्।

निवदेन दिनेले मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी नागरिक उड्डयन, पर्यटन व्यवस्थापन, अर्थशास्त्रसम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्ष उच्चस्तरको व्यवस्थापकीय अनुभव पूरा गरेको हुनु पर्ने छ।

यसैगरी सिलबन्दी गरिएको तीन हजार शब्दको व्यवसायिक कार्ययोजनासमेत पेस गर्नु पर्ने छ। आवेदन शुल्क २५ सय रुपैयाँ रहेको छ।


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend