बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

बिहीबार , कात्तिक २७ २०८२
गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

गुल्मी- आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ। यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि-शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १२ देखि अपराह्न ५:३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। उक्त सडक ५२ करोड रूपैयाँको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले बताए। रासस


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend