शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य २ हजार १ सय रुपैयाँले घट्यो

बुधबार, कात्तिक २६ २०८२
सुनको मूल्य २ हजार १ सय रुपैयाँले घट्यो

चाँदी प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी ३ हजार १ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

काठमाडौं- नेपाली बजारमा मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय कायम भएको छ। मंगलबार सुन तोलामा ४ हजार ९ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ४६ हजार ४ सय रूपैयाँ पुगेको थियो। 

यस्तै आज चाँदी प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी ३ हजार १ सय ७० रुपैयाँमा किनबेच भएको थियो।

गएको असोज ३१ गते सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। गएको असोज ३१ गते नै चाँदीको मूल्य पनि सबैभन्दा बढी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोला पुगेको थियो।  


प्रकाशित : बुधबार, कात्तिक २६ २०८२११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend