बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दमौलीमा हार्डवेयर गोदाममा आगलागी

आइतबार, फागुन २२ २०७८
दमौलीमा हार्डवेयर गोदाममा आगलागी

आगो निभाउनका लागि प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकिएको छैन।

दमौली- तनहुँको व्यास नगरपालिका-४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आइतबार आगलागी भएको छ। भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो।

आगो निभाउनका लागि प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकिएको छैन। के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ। त्यसबारेमा थप बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ।  

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छै। प्रहरी नायब उपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताए। 'कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन', उनले भने। आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन्। 


प्रकाशित : आइतबार, फागुन २२ २०७८०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend