बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तालिका थप भएपछि भोजपुर-काठमाडौं अब चार उडान

मंगलबार, कात्तिक २५ २०८२
तालिका थप भएपछि भोजपुर-काठमाडौं अब चार उडान

विगतमा हप्तामा दुई उडानमात्र भोजपुर-काठमाडौं हुँदै आएकामा अब चार उडान हुनेछन्।

भोजपुर- पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ। विगतमा हप्तामा दुई उडानमात्र भोजपुर-काठमाडौं हुँदै आएकामा अब चार उडान हुनेछन्।

प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं-भोजपुर-काठमाडौं उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए।

उनका अनुसार यही कात्तिक २६ गतेदेखि लागु हुनेगरी अब मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ। यसभन्दा अगाडि बिहीबार र शनिबारमात्र उडान हुँदै आइरहेको थियो।

मर्मतमा रहेको अर्को जहाज पनि सञ्चालनमा आएसँगै भोजपुरमा पनि उडान थप गरिएको छ। निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्थासमेत गर्दै आइरहेको छ।

यहाँ यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर-विराटनगरको उडान भने बन्द भएको छ। विसं २०३५ मा घाँसेमैदानबाट सुरु भएको उडान अहिले विमानस्थल कालोपत्र भए पनि निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ।

उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने र आउने यात्रु मारमा पर्दै आइरहेका छन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend