काठमाडौं- गोदरेज एप्लायन्सेसले आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सको साझेदारीमा नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम फ्रन्ट लोड वासिङ मेसिनको सुरुवात गरेको छ।
एआई-पावर्ड टर्बिडिटी सेन्सरको यो नयाँ मोडेलले उत्कृष्ट धुलाइलगायत अतुलनीय सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। इओन रेगालिसले हाइजेनिक सफाइ र छिटो सुक्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यसले जिद्दी दाग र कीटाणुहरू हटाउँदै अस्पतालस्तरको सफाइ दिन्छ र जाडोमा स्वच्छता कायम राख्छ। यसमा मोटरको १० वर्ष र सम्पूर्ण उत्पादनको २ वर्षको वारेन्टीले ग्राहकहरुले पाउनेछन्।
इओन रेगालिसमा प्रयोगकर्ताको सुविधाका लागि क्विक १५-मिनेट वास, डिले स्टार्ट, चाइल्ड लक, अटो रि-स्टार्ट, एड क्लोथ्स, र मेमोरी इन्टर अप्सनजस्ता विशेषताहरू छन्।
गोदरेज इओन रेगालिस एआई फ्रन्ट लोड वासिङ मेसिन अहिले सीजी इलेक्ट्रोनिक्सका शोरूमहरू र नेपालभरिका अधिकृत खुद्रा साझेदारहरूमा उपलब्ध छ, जसलाई सीजीको विश्वसनीय आफ्टर-सेल्स सेवा नेटवर्कले सहयोग गरेको छ।


