शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

डोङफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

मंगलबार, कात्तिक २५ २०८२
डोङफेङ नामीको उपस्थिति थप मजबुत : इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

इटहरी शोरूम उद्घाटनसँगै एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको कम्पनीले जनाएको छ।

काठमाडौं- डोङफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ।

यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि भएको र यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको कम्पनीको भनाइ छ।

इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडेलहरूको अनुभव प्रदान गर्नेछ। ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैँ तयार रहनेछ।

इटहरी शोरूम उद्घाटनसँगै एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको कम्पनीले जनाएको छ।

शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २४ देखि २६ गतेसम्म इटहरी शोरुममा तीनदिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ। यस अवधिमा ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्।

यस कार्यक्रममा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस ३ अधिकतम ६ लाख रूपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ। ग्राहकहरूले उत्कृष्ट मूल्यांकन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन्।


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend