शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

लक्जरी र विद्युतीकरणको संगम जीडब्लूएमका ट्यांक सिरिजको बिक्री सुरु

मंगलबार, कात्तिक २५ २०८२
लक्जरी र विद्युतीकरणको संगम जीडब्लूएमका ट्यांक सिरिजको बिक्री सुरु

कम्पनीले ट्यांक ३०० को मूल्य १ करोड ५९ लाख ९५ हजार रुपैयाँ र ट्यांक ५०० को मूल्य २ करोड १५ लाख ९५ हजार रुपैयाँ तोकेको छ।

काठमाडौं- नेपालमा ग्रेटवाल मोटर्स (जीडब्लूएम)को ट्यांक सिरिजका दुई नयाँ एसयूभीको बिक्री सुरु भएको छ। ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले ट्यांक ३०० र ट्यांक ५०० प्लगइन हाइब्रिड एसयूभीको बिक्री सुरु गरेको हो।

कम्पनीले ट्यांक ३०० को मूल्य १ करोड ५९ लाख ९५ हजार रुपैयाँ र ट्यांक ५०० को मूल्य २ करोड १५ लाख ९५ हजार रुपैयाँ तोकेको छ। ट्यांकका दुवै एसयूभीमा हाइब्रिड इन्जिन रहेको छ। ट्यांक ३०० मा एचईभी र ट्यांक ५०० मा पीइएचईभी पावरट्रेन रहेको छ।

ग्रेटवाल मोटर्सले सन् २०२१ को छेन्दु अटोशोमा ट्यांक सिरिजका एसयूभी प्रदर्शन गरेको थियो। ट्यांक सिरिजका एसयूभी लग्जरी र अफोडेबल फोरह्वील ड्राइभ एसयूभी खोज्नेहरूको रोजाइमा पर्न सफल रहेको छ। नेपाली बजारमा केही समयअघि भित्रिएको ट्यांक एसयूभीका औपचारिक रुपमा बिक्री सुरु गरेको हो। 

ट्यांक ३०० को लम्बाइ ४७ सय ६० एमएम , चौडाइ १९ सय ३० एमएम , उचाइ १९ सय ३ एमएम रहेको छ भने ह्वीलबेस २७५० एमएम छ। २ सय २४ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको ट्यांक ३०० मा ४ सय लिटरको बुट स्पेस छ।

यो एसयूभीमा २.० लिटरको ४ सिलिण्डर टर्बो चार्ज्ड हाइब्रिड पावरट्रेन रहेको छ। यो एसयूभीमा १.६९ किलोवाटको टर्नरी ब्याट्री र ७८ किलोवाटको मोटर रहेको छ। यो एसयूभीको कम्बाइन पावर ३५१ पीएस र ६४८ न्युटन मिटरको टर्क रहेको छ। फोरह्वील ड्राइभ सिस्टमको साथमा मल्टीड्राइभ मोड समेत रहेको ट्यांक ३०० मा ९ स्पीडको अटोमेटिक गियरबक्स रहेको छ। ल्याडरफ्रेम च्यासिसमा बनेको यो एसयूभीमा फ्रन्ट र रियर दुवैतर्फ डिफ्रेन्सियल लक रहेको छ।

ट्यांक ३०० मा ७ वटा एयरब्याग, हिड असिस्ट हिल होल्ड ३६० डिग्री क्यामरा, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, ड्राइभर फटिक मोनिटरिङ सिस्टम, ब्लाइण्ड स्पट मोनिटरिङ सिस्टम, टीपीएमएस, फ्रन्ट कोलुजन वार्निङ तथा लेभल २ एडास लगायत सुरक्षा विशेषाता छन्। यो एसयूभीले अष्ट्रेलियन एनक्यापको क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ।

ट्यांक ५०० ग्रेटवाल मोटर्सको फुल साइज एसयूभी हो। यसको लम्बाइ ५ हजार ७८ एमएम, चौडाइ १९ सय ३४ एमएम, उचाइ १९ सय ५ एमएम र ३८ सय ५० एमएम लामो ह्वीलबेस रहेको छ। ७ सिटे यो एसयूभीको ग्राउन्ड क्लियरेन्स २ सय २४ एमएम छ। 

ट्यांक ५०० मा पनि २.० लिटरको टर्बो पेट्रोल इन्जिन, ३७.११ किलोवाटको एलएफपी ब्याट्रीप्याक, ७८ किलोवाटको विद्युतीय मोटर रहेको छ। प्लगइन हाइब्रिड सिस्टम रहेको यो एसयूभीको विद्युतीय रेन्ज १ सय २० किलोमिटर रहेको छ।

ट्यांक ५०० पनि ९ स्पीडको अटोमेटिक ट्रास्मिसन छ। २० इन्चको ह्वील रहेको यो एसयूभीमा फोरह्वील ड्राइभ तथा ११ ड्राइभ मोड उपलब्छ छ। यो एसयूभीको ड्यासबोर्डमा १४.६ इन्चको टचस्क्रीन इन्फोटेन्मेनट डिस्प्ले र १२.३ इन्चको डिजिटल इन्फोटेनमेन्ट डिस्प्ले रहेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend