काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा रोबोट डग देख्न पाइने भएको छ। एनपीएल खेल मैदानमा जेइको/ओमोडाको रोबोट डग ‘गुड बोइ’ देख्न पाइने भएको हो।
एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा जेइको/ओमोडाले सहकार्य गर्ने सम्झौता केही दिनअघि गरेको थियो। अघिल्लो सिजनमा पनि जेइको/ओमोडाले एनपीएलसँग सहकार्य गरेको थियो। यो वर्ष जेइको/ओमोडाको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले रोबोट डग राख्ने भएको हो।
एनपीएल मैदानमा खेलाडी तथा खेल हेर्न पुग्ने दर्शकले समेत जेइको/ओमोडा रोबोट डट गुड बोइसँग इन्टर्याक्सन गर्न पाउने छन्। मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल सिजन २ को खेल सुरु हुँदैछ।
कटिङ एज टेक्नोलोजीमा आधारित इन्टेलिजेन्ट मेकानिकल रोबोट गुड बोइ चीनको चर्चित अटोमोबाइल कम्पनी चेरी अटोमोबाइल अन्तर्गतको जेइको/ओमोडा सबब्रान्डमा उत्पादन भएको हो। उक्त रोबोट डग गुड बोइले कुद्न, उफ्रन तथा भोइस कमान्डमा चल्न सक्छ।
गुड बोइ डाइनामिक डिजाइनमा तयार पारिएको रोबोट डगमा क्यामेरा जडान गरिएको छ। जेइको/ओमोडा ग्लोबलको एइमोगा टेक्नोलोजी प्रालिको अत्याधुनिक प्रविधिमा आधारित रहेर यो रोबोट डल डिजाइन गरेको हो। जेइको/ओमोडा नेपालले उक्त रोबोट डगको उपयुक्त नाम सिफारिस गर्न समेत भनेको छ।
नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को म्यान अफ द टुर्नामेन्टलाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणासहित एनपीएलसँग जोडिएको हो। एनपीएलको सिजन १ मा ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सहप्रायोजकको रूपमा सहकार्य गरेको थियो।
ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको कम्पनीको भनाइ छ। देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको एसपीजी अटोमोबाइलले उल्लेख गरेको छ।
एसपीजी अटोमोबाइलले नेपाली बजारमा जेइको/ओमोडाका उत्कृष्ट डिजाइन र प्रविधिमा आधारित विद्युतीय कार उपलब्ध गराउँदै आएको छ। हाल कम्पनीले जेइको/ओमोडाका ओमोडा ई५, जेइको जे५, जेइको जे६ र आईकार उपलब्ध गराइरहेको छ।
