बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

५१ वर्षपछि लमजुङ हिमाल आरोहण, चुचुरोमा पुग्यो गोरखाको टोली

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २३ २०८२
५१ वर्षपछि लमजुङ हिमाल आरोहण, चुचुरोमा पुग्यो गोरखाको टोली

धार्चे गाउँपालिका-४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले ६ हजार ९ सय ८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरेका हुन्।

गोरखा- पहिलोपटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरूले लमजुङ हिमालको सफल आरोहण गरेका छन्।

धार्चे गाउँपालिका-४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले ६ हजार ९ सय ८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरेका हुन्।

मनाङ र कास्कीको सिमानामा रहेको सो हिमाल यसअघि सन् १९७४ मा पहिलोपटक बेलायती सेनाका डेरिक च्याम्बरलेन र फिलिप नियमिले आरोहण गरेका थिए। त्यसयता थुप्रै आरोहीहरूले पटकपटक आरोहणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। 

५१ वर्षपछि पहिलोपटक लाप्राकका तीनसहित चार जनाको टोलीले लमजुङ हिमाल आरोहण गरेको आरोही सन्दीपले जानकारी दिए। गुरुङको टोलीले यही अक्टोबर २७ तारिख दिउँसो ३ बजे हिमाल आरोहण गरेका थिए। 

सो टोलीमा रहेका सोलुखुम्बुका पुरतेन्जी शेर्पाले पनि लमजुङ हिमाल सफतापूर्वक आरोहण गरेका सन्दीपले जानकारी दिए। 'यो पर्वतारोहण क्षेत्रकै ऐतिहासिक आरोहण हो', उनले भने, '५१ वर्षमा थुप्रै आरोहीहरूले लमजुङ हिमाल आरोहणको प्रयास गरेका थिए। तर सफल भने हुन सकेका थिएनन्। हाम्रो टोली भने पहिलो प्रयासमा नै सफल भएको छ।'

सन्दीपले आफ्नो टोलीले हिमालयन समिट क्लबबाट हिमाल आरोहण गरेको बताए। उनले भने, 'हाम्रो टोलीमा थप दुई जना विदेशी र एक जना नेपाली पनि हुनुहुन्थ्यो। मौसम खराब भएपछि उहाँहरू फर्किनुभयो। हामी चार जनाले अरोहण गरेर फर्केका हौँ।' रासस


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend