काठमाडौं- नेपाल वायुसेवा निगमलाई बक्यौता रकम भुक्तानी गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पत्र काटेको छ।
वायुसेवाले निगमले तिर्न बाँकी २० करोड ९९ लाख ७१ हजार २ सय ५० रुपैयाँ यथाशिघ्र भुक्तानी गर्न भन्दै नागरिक उड्डयन कार्यालयले पत्र काटेको हो।
तिर्नुपर्ने रकम नतिरेमा 'नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८' बमोजिम कानूनी कारबाही गरिनेसमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।
