बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डब्लूटीएम-२०२५ : जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता पुनः दोहोर्याउँदै सीईओ जोशी

शुक्रबार, कात्तिक २१ २०८२
डब्लूटीएम-२०२५ : जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता पुनः दोहोर्याउँदै सीईओ जोशी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जिम्मेवार र दिगो पर्यटन विकासका लागि नेपालको दृढ प्रतिबद्धता रहेको बताएका छन्।

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जिम्मेवार र दिगो पर्यटन विकासका लागि नेपालको दृढ प्रतिबद्धता रहेको बताएका छन्।

लन्डनको एक्सल लन्डनमा भइरहेको वर्ल्ड टुरिजम् मार्केट (डब्लूटीएम)-२०२५ का क्रममा 'सस्टेनेबल सिफ्ट : ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी' शीर्षकमा आयोजित छलफल सत्रमा बोल्दै सीईओ जोशीले नेपालले दिगो पर्यटनका लागि सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व र आर्थिक समावेशितामार्फत ठोस अभ्यास अघि बढाइरहेको जानकारी दिएका हुन्।

उनले भने, 'नेपाल अब सतही ‘हरित’ पहलमा सीमित छैन, हामी प्रणालीगत परिवर्तनतर्फ उन्मुख छौँ, जहाँ वातावरणीय संरक्षण, स्थानीय सशक्तिकरण र व्यावसायिक दिगोपन बीच सन्तुलन कायम गर्न आवश्यक छ। यस दिशामा नेपाल प्रतिबद्ध छ।'

छलफलमा सर्कुलर इकोनमीका सिद्धान्तहरूलाई पर्यटन क्षेत्रमा कसरी अंगाल्न सकिन्छ भन्ने विषयमा केन्द्रित प्रस्तुतीहरू भएका थिए। फोहोर न्यूनिकरण, स्रोतहरूको पुनःप्रयोग, न्यून-कार्बन यातायात प्रवर्द्धन र स्थानीय समुदायको समान सहभागिताजस्ता अभ्यासलाई प्रवर्द्धन गर्नुपर्ने विषयमा सहभागीहरूबीच एकमत भएको थियो।

ट्रोभ टुरिजम् डेभ्लपमेन्टद्वारा आयोजित उक्त सत्रमा विश्वका विभिन्न देशका पर्यटन नीति-निर्माता, विज्ञ र सरोकारवालाहरूले भाग लिएका थिए। छलफलमा विश्व पर्यटन बजारका नवीन प्रवृत्ति, दिगो पर्यटनमा लगानी र पूर्वाधार अभावका चुनौती, र कमजोर गन्तव्यहरूमा सर्कुलर अर्थतन्त्रको व्यवहारिक कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमले पर्यटन उद्योगले अब सतही ‘सस्टेनेबिलिटी’ अभियानमा सीमित नरही मापनयोग्य र वास्तविक परिवर्तन ल्याउने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend