बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१६ करोड ९५ लाख रुपैयाँ लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २० २०८२
१६ करोड ९५ लाख रुपैयाँ लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ। माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ।

पर्वत- कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ। 

प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका-२ नयाँपुल र बागलुङ नगरपालिका-१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की  पुल निर्माण सुरु गरेको हो। 

पुलको लागत १६ करोड ९५ लाख २५ हजार रुपैयाँ छ। पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ। माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ। 

निर्देशनालयले निर्माण कम्पनीसँग २०८२ असार १७ गते उक्त रकममा पुल बनाउने सम्झौता गरेको हो। सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ। पुल एक सय मिटर लामो र ११ मिटर चौडा हुने छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend