आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

बैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

images
शनिबार, फागुन २१ २०७८
images
बैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

वार्षिक ६० अर्ब रुपैयाँको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन्।

images
images

काठमाडाैं- नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन  ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्ने भएको छ।

images
images
images

संघले आगामी वैशाख ९ देखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो। संघका अध्यक्ष प्रज्वलजंघ पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जानकारी गराउनका लागि एक्स्पो गर्न थालिएको जानकारी दिए।  

images
images

नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न, औषधि प्राविधिक तथा फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले पनि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ थियो। 

images
images

अध्यक्ष पाण्डेले नेपाली औषधि विदेशी औषधिभन्दा सस्तो र गुणस्तरीय रहेको बताए। उनले सरकार र राजनीतिक दलको सहयोग भए नेपाललाई औषधिमा निर्भर बनाउन सकिने धारणा व्यक्त गरे। एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली औषधिलाई सबै जिल्लामा पुर्‍याइरहेको जानकारी दिए।  

उनका अनुसार एक्स्पोमा रहने १६० कक्षमा औषधिमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगको सहभागिता  हुनेछ। वार्षिक ६० अर्ब रुपैयाँको नेपाली औषधिको कारोबार हुने गरेको र औषधि उद्योगमा ५० हजार मानिसले रोजगार पाएका छन्।

नेपालमा ३५ वटा प्राविधिक कलेजबाट एक हजार ५०० औषधि प्राविधिक र ५०० फर्मासिस्ट उत्पादन हुँदै आएका छन्। रासस


प्रकाशित : शनिबार, फागुन २१ २०७८०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend