बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मितेरी पुल नहुँदा १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुम्यो, पुलको काम एक महिनामा सम्पन्न हुने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १७ २०८२
मितेरी पुल नहुँदा १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुम्यो, पुलको काम एक महिनामा सम्पन्न हुने

चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको जनाइएको छ।

रसुवा- रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्ने भएको छ। चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ।

गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थमा चिनियाँ पक्षले निर्माण सो पुल निर्माण गरिरहेको छ।

रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने राससलाई जानकारी दिए। 

चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद रसुवागढीस्थित मितेरी पुल निर्माणलाई प्राथमिकता दिएको बताउँदै काबुभन्दा बाहिरको परिस्थिति सिर्जना नभएमा एक महिनाभित्र यातायात सञ्चालन हुने जानकारी प्राप्त भएको उनले स्पष्ट गरे।

मितेरी पुल बगाएसँगै सो नाकाबाट हुने आयात-निर्यात ठप्प हुँदा कम्तीमा १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद  भट्टराईले जानकारी दिए। गत आर्थिक वर्षको यसै अवधिमा १४ अर्ब भन्सार शुल्क असुली भएको थियो।

‘फिल्ड’मा कार्यरत प्राविधिकका अनुसार स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डको १६ किमी राजमार्ग मर्मत तथा निर्माण भइरहे पनि पहिरो र नदीकटानका कारण अपेक्षा गरिएअनुसार काम अघि बढ्न नसकेको अवस्था छ।

टिमुरे र तातोपानीबीचको पाखोमा पहिरो गहिरहने, लिङलिङ, कागतीवारि नजिकको भीर, घट्टेखोलाको दक्षिणी भागसहित कैयौँ स्थानमा नदीले सडक कटान गर्दा सोचेअनुसार मर्मतसम्भार चाँडो हुन नसकेको सडक विभागले जनाएको छ।

गुणस्तरीय ढंगबाट यथासक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend