बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ग्लोबल एआई पावरहाउस बन्ने साउदी अरबको महत्त्वाकांक्षी योजना, खर्चँदै खर्बौँ डलर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १८ २०८२
ग्लोबल एआई पावरहाउस बन्ने साउदी अरबको महत्त्वाकांक्षी योजना, खर्चँदै खर्बौँ डलर

साउदी अबरले भिजन २०३० योजनासहित वृहत आर्थिक रुपान्तरणको योजनाअनुसार काम गरिरहेको छ।

काठमाडौं- खाडी मुलुक साउदी अरबले विभिन्न महत्वकांक्षी योजना ल्याइरहेको छ। हालैमात्र भीमकाय अग्लो भवनको माथि स्टेडियम बनाएर फुटबल खेलाउने योजना अघि सारेको साउदीले अर्को योजना पनि सार्वजनिक गरेको छ। 

साउदी अरबले आफू ग्लोबल एआई पावरहाउस बन्ने योजना अघि सारेको हो। तेल बेचेर कमाएको अर्बौँ पैसा साउदीले एआई परियोजनामा खर्च गर्ने बताएको छ। साउदीले वृहत एआई योजनामा ठूलो धनराशि खर्चने जनाएको छ। 

आफ्नै डेटा सेन्टरको रुपमा विकास भएको विशेष लगानी कम्पनी ह्युमेनमार्फत नै साउदी अरबले लगानी गर्न लागेको हो। यो कम्पनी साउदीको सोभरिन वेलथ फन्ड अन्तर्गत रहेको छ। यो फन्ड करिब १० खर्ब डलर बराबरको छ। 

साउदी राजकुमार मोहम्बद बिन सलमानले गएको मेमा ह्युमेन सार्वजनिक गरेका थिए। गत साता साउदीको रियादमा भएको फन्डको वार्षिक योजनामा ह्युमेनले गर्ने काम र लक्ष्यका बारेमा स्पष्ट रोडम्याप प्रस्तुत गरिएको थियो। 

ह्युमेनका सीईओ तारेक अमिनले साउदी अरबलाई अमेरिका र चीन पछिको तेस्रो ठूलो एआई बजार बनाउने बताएका हुन्। यसले एआई क्षेत्रमा उदायी रहेका कम्पनीहरुलाई चुनौती दिएको छ।

साउदीसँग ऊर्जाको राम्रो व्यवस्थापन र ग्रिड भएकाले ह्युमेनजस्ता कम्पनीका लागि दीर्घकालिन ऊर्जाको आपूर्ति हुने र डेटा सेन्टरका लागि समस्या नहुने अमिनले सीएनबीसीलाई बताएको रोयटर्सले उल्लेख गरेको छ। ऊर्जा व्यस्थापनमा धेरै काम गर्न नगर्ने भएकाले यसले १८ महिनाको समय बचत हुने र यो अवधिमा अन्य धेरै काम गर्न सकिने सीईओ अमिनको भनाइ छ। 

२०३४ सम्ममा डेटा सेन्टरका लागि ह्यमेनले ६ गिगावाटसम्मको योजना बनाएको छ जुन देशभर हुनेछ। यो अन्य एआई साझेदारहरुसँग मिलेर गर्ने कम्पनीले अघिसारेको योजनामा छ। गत मंगलबार मात्रै ह्युमेनले प्राइभेट इक्यिटी जायन्ट ब्ल्याकस्टोनसँग साउदीमा डेटा सेन्टर बनाउन ३ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो।

हालैमात्र ह्युमेनले अप्रेटिङ सिस्टमलाई सहज बनाउने एआई ह्युमेन वान सार्वजनिक गरेको थियो। यसले कम्प्युटर प्रोग्राम अन गर्न क्लक गर्नुपर्नेलाई टाइम वा बोलेर गर्न मिल्ने सुविधा दिने छ। ह्युमेनले एचआर, फाइनान्स, लिगल, आईसीलगायतमा एआई सिस्टमबाटै काम गर्न सुरु गरिसकेको छ। सीईओ अमिनका अनुसार अहिले उनको कम्पनीमा एक जानमात्र तलबी कामदार रहेको र बाँकी काम एआईले गरिरहेको छ। 

साउदी अबरले भिजन २०३० योजनासहित वृहत आर्थिक रुपान्तरणको योजनाअनुसार काम गरिरहेको छ। तर यो योजनामा हालैका दिनमा आएको तेलको मूल्य गिरावट निरन्तर भइरहे साउदी अरबको महत्वाकांक्षी योजना कार्यान्वयनमा धक्का पुग्न सक्छ। 

साउदीले आफ्नो गिगा प्रोजेक्ट नियोम पनि निर्माण गरिरहेको छ। यसमा पनि ठूलो रकम खर्च हुनेछ। अरब राष्ट्रमा ठूलो अर्थतन्त्र मध्येको साउदी अरबका लागि यी सबै काम सँगसँगै गर्न तलेको मूल्य गिरावट अवरोधका रुपमा खडा हुन सक्छ। 

त्यस्तै यूएईले पनि एआई भेहिकल जी४२ परियोजना घोषणा गरिसकेको छ। स्टारगेट यूएई नामको यो परियोजनामा अमेरिकाले पनि सहयोग गर्ने छ जसमा ५ खर्ब डलरको डेटा सेन्टर निर्माण हुनेछ। अमेरिकाको सहयोगमा अमेरिका बाहिर बन्ने यो ठूलो परियोजना हो। यसमा ओपनएआई, ओराकल, एनभिडियालगायतले पनि सहयोग गर्ने छन्। यो पनि साउदी अरबका लागि चुनौतीका रुपमा आउनेछ।


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२०९:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend