बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आधुनिक पुँजीवादको पुरातन विकृतिको अन्त्य!

शनिबार, कात्तिक १५ २०८२
आधुनिक पुँजीवादको पुरातन विकृतिको अन्त्य!

अझ विकासोन्मुख मुलुकहरू जहाँको नियमन कमजोर हुन्छ र सत्ता भ्रष्ट हुन्छ त्यहाँ खुला बजारका नाममा व्यापक ठगी हुन्छ। गुणस्तरको विज्ञापन बजाएर हानिकारक वस्तुको खुलेआम कारोबार हुन्छ।

काठमाडौं- पदार्थभन्दा प्याकेजिङ, टिकाउ र गुणवत्तभन्दा झिलिमिली देखाएर मनोवैज्ञानिक म्यानुपुलेसन गरेर व्यापारमा अब्बल हुने आधुनिक पुँजीवादको एकदम पूरानो परम्परा हो। खुला बजार र छनौटको अधिकारको नाममा उपभोक्ता नै सर्वज्ञानी हुन्छन् भन्ने पवित्र अवधारणामा आधारित भएपनि व्यापारीहरू यस्ता चलाख हुन्छन् कि एउटा ब्याचपछि पूरै परिवर्तन गरेर अर्को चमकदार वस्तु फेरि ल्याइहाल्छन् र उपभोक्ता फरक नामबाट पूरानै साहुबाट फेरि ठगिन्छन्। 

बजारीकरण, नाफा, गुणस्तर जस्ता विषयमा उन्नत पुँजीवाद भएकै मुलुकमा कसिलो नियमन हुन्छ र पनि उपभोक्ताहरू बेलाबेलामा ठगिन्छन्। वस्तुमात्र नभएर पुँजीदेखि सेवाको कारोबारसम्म पनि यस्तो ठगी हुने गरेको छ। अझ विकासोन्मुख मुलुकहरू जहाँको नियमन कमजोर हुन्छ र सत्ता भ्रष्ट हुन्छ त्यहाँ खुला बजारका नाममा व्यापक ठगी हुन्छ। गुणस्तरको विज्ञापन बजाएर हानिकारक वस्तुको खुलेआम कारोबार हुन्छ। 

मुलत: यो समस्या सूचनाको संकट हो। जतिसुकै शिक्षित र जागरुक उपभोक्ता भएपनि उसलाई कुनै पनि वस्तुको रसायिनिक समिश्रणदेखि त्यसको कलर ग्रेडिङसम्मका प्राविधिक र मिहिन विषयमा जानकारी हुँदैन। कुनै पनि वस्तु तथा सेवाको यहाँसम्म कि लगानी नै गर्दा पनि त्यसका बारेमा हुने ज्ञान तथा सूचनाको कमीको फाइदा केही जाने र बुझेका मान्छेहरूले लिने गर्छन्। यसलाई नियन्त्रणका लागि जतिसुकै कडा नियमन भएपनि कहि न कहि उपभोक्ता ट्र्यापमा परिहाल्छन्। 

त्यस्तै सानो तिनो विशेषज्ञ सेवाका लागि पनि ग्राहकले अस्वभाविक शुल्क तिर्न बाध्य हुन्छन्। जस्तो कुनै उपकरण होस, स्वास्थ्यका समस्या होउन् या भौतिक पूर्वाधार नै किन नहोस सूचना नहुँदासम्म मान्छेले विशेषज्ञसम्म पुग्नैपर्छ र त्यस बापत् मनलाग्दी शुल्क तिर्नुपर्ने बाध्यता हुन्छ। 

तर एआईको समयमा यस्ता कयौं समस्या हल हुँदै गएका छन् र जाने क्रममा छन्। एआईको युगमा यो समस्या समाधानउन्मुख देखिएको छ। अस्पष्टता र भ्रममा पारेर नाफा आर्जन गर्ने आधुनिक पुँजीवादतको पूरातन विकृतिलाई एआईले तोडिदिने भएको छ। 

एआईका आफ्नै थुप्रै समस्या छन्। यसले सामाजका अन्य क्षेत्रमा पार्ने प्रभाव फरक पाटो हुन् तर बजार अर्थतन्त्रमा हिजोसम्म जुन समस्या थियो कम्तिमा एआई चलाउन जान्ने उपभोक्ताका भने बच्न सक्ने देखिन्छ। मूल्यका हिसाबले कुन मोबाइल किन ठिक हो भनेर उपलब्ध ब्रान्ड र मोडलको सूची दिनेवित्तिकै एआईले कारणसहितको सुझाव दिनसक्छ। यस्तो सुझाव विगतमा कि मोबाइलका व्यापारीले दिनसक्थे कि उनीहरूले प्रभावित पार्नसक्ने इन्फ्लूएन्सरको हातमा थियो तर अब यो एआईका कारणले गर्दा प्रत्यक्ष एआईको हातमा आएको छ। 

यस्ता कयौं उपकरण तथा जीवनशैलीका ससम्या छन् जुन हिजोसम्म निश्चित व्यापारिक समूह वा प्रभावशालीसँग पुग्नैपर्थ्यो यी आज एआईका कारणले जोकोहीले बुझ्ने भाषामा उपलब्ध भएको छ।  कुनै व्यापारीले जेन्युन दाबी गरेको कुनै उत्पादनको डिटेल वा फोटो हाल्दिनेवित्तिकै त्यसको विस्तृत जानकारी उतिबेलै एआईले दिनसक्ने भएको छ। कुनै वस्तुलाई स्वास्थ्यका लागि लाभदायक भनेर विज्ञापन गरिरहेको छ भने त्यसको वास्तविकता के साँच्चिकै त्यस्तै छ भनेर सोध्ने हो भने एआईले अनुसन्धा र उपलब्ध जानकारीका आधारमा झुट तत्काल ल्याइदिनसक्छ। 

घर निर्माणका क्रामा निर्माण सामग्रीको प्रयोग, कानूनी व्यवसायीले दिने सल्लाह, डाक्टरको उपचार शुल्क, कर्मचारीहरूको ट्र्यापमा पार्ने प्रवृत्तिबाट सास्ती पाएका उपभोक्तालाई अब भने एआईले सहज बनाइदिएको छ। यही कारणले गर्दा पुँजीवादमा मौलाइरहेको पूरातन विकृति अन्त्य हुने क्रममा छ। 


प्रकाशित : शनिबार, कात्तिक १५ २०८२०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend