बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

शुक्रबार, कात्तिक १४ २०८२
पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।

काठमाडौं- बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग तथा नेपाल–चीन जोड्ने पुल अवरुद्ध भएका छन्।

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध रहेको छ।

यस्तै, जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक तथा अर्घाखाँचीको सन्धीखर्क-गोरुसिङ्गे सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend