बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

शुक्रबार, कात्तिक १४ २०८२
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २० लाख १९ हजार ५० रुपैयाँ लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ।

भद्रपुर- मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २० लाख १९ हजार ५० रुपैयाँ लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ।

मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए।

पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपथ्र्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ।

पुल बनेपछि कृषि उपज हाटबजार पुर्‍याउने तथा त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको  स्थानीय भटभटिया राजवंशीले बताए। 'पहिले ज्यानलाई नै जोखिममा पारेर नदी तरिहन्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ',  विगतको पीडा राजवंशीले स्मरण गर्दै उनले भने। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend