बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

शुक्रबार, फागुन २० २०७८
पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा-तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ।

सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताए।

जिल्ला समन्वय समितिका कावा प्रमुख मीरा मरासिनीले व्यावसायिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुनुपर्ने बताए। व्यावसायिकरूपमा यस क्षेत्र उपयुक्त रहेकाले सुन्तला खेतीप्रति आकर्षित हुन उनले आग्रह गरे।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले व्यावसायिकरूपमा उत्पादित सुन्तलालाई प्रशोधन गरी बजार पठाउन सकिने बताए। उपाध्यक्ष लक्ष्मी खनाल, सुन्तला जात तथा फलफूल विकास केन्द्रका प्रमुख वसन्त श्रेष्ठले व्यावसायिक सुन्तला खेतीको अवसर रहेकाले मेहेनत आवश्यक रहेको बताए। 

सुन्तला जोन सञ्चालन समन्वय समिति गठन 

यहाँका चार स्थानीय तहका सुन्तला जात फलफूल खेती गर्ने किसानको अगुवाइमा सुन्तला जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ। संयोजकमा रैनादेवी छहरा गाउँपालिका–४ का नित्यानन्द पोखरेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो।

सदस्यहरूमा रैनादेवी छहरा–४ की जानका कोइराला, रैनादेवी–५ का विनोद कार्की, रिब्दीकोट गाउँपालिकाका कृष्णबहादुर कुँवर, लक्ष्मी थापा, दुर्गाबहादुर गोदार, तानसेनका कृष्णप्रसाद भण्डारी, शोभाखर बस्याल र बगनासकालीकी लक्ष्मी कोइराला रहेका परियोजना एकाइका खरिदार गौरव नेपालीले बताए।


प्रकाशित : शुक्रबार, फागुन २० २०७८०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend