बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेनजी आन्दोलनमा क्षतिग्रस्त हायात रिजेन्सी, पुनर्निर्माणपछि सञ्चालनमा आउने

आइतबार, कात्तिक ९ २०८२
जेनजी आन्दोलनमा क्षतिग्रस्त हायात रिजेन्सी, पुनर्निर्माणपछि सञ्चालनमा आउने

होटलले प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालबाट आवश्यक सहयोग प्राप्त भएकोमा आभार व्यक्त गरेको छ। यससँगै पुनर्निर्माणपछि होटलले पर्यटन क्षेत्रमा नेपालको मान-प्रतिष्ठा उच्च बनाउने र सरकारको राजश्व स्रोतमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

काठमाडौं- पाँच तारे हायात रिजेन्सी काठमाडौँ (तारागाउँ रिजेन्सी होटल्स)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति पुगेको बताउँदै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।

होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा होटलमा पुगेको क्षतिको मूल्यांकन भइरहेको र यसका आधारमा पुनःनिर्माण गरिने जानकारी दिइएको छ।

hyat 2.jpg

विज्ञप्तिमा उल्लेख छ कि आन्दोलनका क्रममा अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ। हाल होटल पूर्ण रूपमा बन्द छ। होटलले क्षतिको मूल्यांकनपछि स्तरोन्नति र पुनर्निर्माण गरी अझ उत्कृष्ट सेवा प्रदान गर्दै यथाशीघ्र सञ्चालनमा ल्याउने बताएको छ।

होटलले प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालबाट आवश्यक सहयोग प्राप्त भएकोमा आभार व्यक्त गरेको छ। यससँगै पुनर्निर्माणपछि होटलले पर्यटन क्षेत्रमा नेपालको मान-प्रतिष्ठा उच्च बनाउने र सरकारको राजश्व स्रोतमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

hya1.jpg

तारागाउँ रिजेन्सी होटल्सले पछिल्ला २५ वर्षमा राजनीतिक तथा सामाजिक परिवर्तन, चरम सशस्त्र द्वन्द्व, भूकम्प, कोरोना महामारी जस्ता चुनौतीहरू सामना गर्दै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरेको छ। यस अवधिमा होटलले पटक-पटक सम्मान र पुरस्कार समेत प्राप्त गरेको छ।

hayat 3.jpg

प्रकाशित : आइतबार, कात्तिक ९ २०८२२०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend