बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

आइतबार, कात्तिक ९ २०८२
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

काठमाडौं- नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शर्मा र युवा तथा खेलकुदमन्त्रीमा गुप्ताले आइतबार शपथ लिएका हुन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले आज मन्त्री नियुक्ति गरेका हुन्।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा शर्मा र गुप्तासँगै चार मन्त्रीको नाम सिफारिस गरेकी थिइन्। जसमा गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारीमा र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएको थियो। अन्तिम समयमा दुईजना मन्त्रीको मात्रै शपथ भएको हो।

तर शपथ हुनअगावै खगेन्द्र विवादमा तानिएपछि उनको नाम सूचीबाट हटाइएको थियो। सुनारका नाममा विभिन्न मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि उनको नाम सिफारिस सूचीबाट हटाइएको हो।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ। यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो।


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend