बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आजदेखि थाई एसियाको भैरहवा-बैंकक उडान सुरु

आइतबार, कात्तिक ९ २०८२
आजदेखि थाई एसियाको भैरहवा-बैंकक उडान सुरु

एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ।

भैरहवा- थाई एसिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनः सुरु गरेको छ। आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १:१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

उनका अनुसार एयरलाइनले बैंकक-भैरहवा-बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ।

एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ९ २०८२१४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend