बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुट

आइतबार, कात्तिक २ २०८२
७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुट

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गरिएको छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा बसेको वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीचको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो।

यसैगरी, ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ८० प्रतिशत छुट व्यवस्था गर्नेसमेत निर्णय भएको छ।

साथै, बैठकले जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गर्ने निर्णय गरेको छ। उक्त निर्णय आइतबारबाट नै लागु हुनेगरी निर्देशन भएको छ।


प्रकाशित : आइतबार, कात्तिक २ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend