बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ३१ २०८२
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायत विषयमा जानकारी लिन पाउँछन्।

गण्डकी- पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। 

दसैँको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए। बिहीबार मात्रै एक हजारभन्दा बढीले संग्रहालयको अवलोकन गरेको उनले बताए। 

पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि संग्रहालय बनाइएको छ। हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई संग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ। 

यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायत विषयमा जानकारी लिन पाउँछन्।  

संग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमाल, सात हजार पाँच सयदेखि सात हजार ९९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ मिटरसम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेषभूषा, संस्कृति, उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनका लागि राखिएका छन्।

संग्रहालयमा आउने पर्यटकमध्ये विद्यार्थीका लागि ८०, नेपाली नागरिकका लागि १५०, सार्क राष्ट्रका पर्यटकका लागि ३५० र अन्य विदेशी पर्यटकका लागि ७५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको निर्देशक न्यौपानेले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend