शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, व्यक्तिगत मुद्दति निक्षेपको औसत दर ५.२० प्रतिशतमा झर्‍यो

शुक्रबार, असोज ३१ २०८२
घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, व्यक्तिगत मुद्दति निक्षेपको औसत दर ५.२० प्रतिशतमा झर्‍यो

काठमाडौं- वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। असोज महिनाको तुलनामा अधिकांश बैंकहरूले कात्तिकमा ब्याजदर घटाएका छन्। यसले लगानीकर्ताले झनै सस्तोमा ऋण पाउने छन्।

नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। यसकारण व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजको ५.४६ प्रतिशतबाट घटेर कात्तिकमा ५.२० प्रतिशतमा पुगेको छ।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ३.८७ प्रतिशतबाट घटेर ३.६५ प्रतिशतमा झरेको छ। यसअनुसार व्यक्तिगत निक्षेपमा औसत ०.२६ प्रतिशत बिन्दु र संस्थागत निक्षेपमा ०.२२ प्रतिशत बिन्दुले घटेको देखिन्छ। 

बैंकहरूले ब्याजदर घटाउने मुख्य कारण प्रणालीमा तरलता बढ्नु, ऋणको माग सुस्त हुनु र अन्तरबैंक बजारमा ब्याजदर स्थिर रहनु हो। असोजको तुलनामा निक्षेपमा वृद्धि भइ कर्जाको विस्तार न्यून हुँदा बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेका हुन्।

सबैभन्दा बढी ब्याजदर घटाउनेमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक छन्। यी दुबै बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

वाणिज्य बैंकहरूको कात्तिक २०८२ को ब्याजदर

क्रम

बैंकको नाम

व्यक्तिगत मुद्दति ब्याजदर (असोज)

व्यक्तिगत मुद्दति ब्याजदर (कात्तिक)

फरक (प्रतिशत बिन्दु)

संस्थागत मुद्दति ब्याजदर (असोज)

संस्थागत मुद्दति ब्याजदर (कात्तिक)

फरक (प्रतिशत बिन्दु)

1

माछापुच्छ्रे बैंक

६.००

५.००

-१.००

४.००

३.००

-१.००

2

एनएमबि बैंक

६.००

५.००

-१.००

५.००

४.००

-१.००

3

नबिल बैंक

५.५०

४.९५

-०.५५

४.०५

३.९२

-०.१३

4

प्राइम कमर्सियल बैंक

५.५०

५.००

-०.५०

२.७५

२.७५

5

प्रभु बैंक

५.३५

४.९५

-०.४०

३.२५

२.७५

-०.५०

6

सिटिजन्स बैंक इन्टरनेशनल

५.२५

५.००

-०.२५

३.००

३.००

7

लक्ष्मी सनराइज बैंक

५.२५

५.००

-०.२५

४.००

४.००

8

एभरेस्ट बैंक

५.२५

५.००

-०.२५

४.२५

४.००

-०.२५

9

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

५.२५

५.००

-०.२५

४.२५

४.२५

10

एनआइसी एशिया बैंक

६.००

५.७५

-०.२५

५.००

४.५०

-०.५०

11

स्ट्यान्डर्ड चार्टर्ड बैंक

५.१८

५.००

-०.१८

२.७५

२.७५

12

नेपाल एसबिआई बैंक

५.१८

५.००

-०.१८

४.१८

४.००

-०.१८

13

कृषि विकास बैंक

५.०५

४.९५

-०.१०

३.००

२.७५

-०.२५

14

सनिमा बैंक

५.२५

५.१५

-०.१०

३.५०

३.४०

-०.१०

15

नेपाल बैंक

५.२५

५.२५

३.२५

३.२५

16

सिद्धार्थ बैंक

५.५०

५.५०

४.००

४.००

17

राष्ट्रिय वाणिज्य बैंक

५.५०

५.५०

४.००

४.००

18

कुमारी बैंक

५.०१

५.०१

४.०१

४.०१

19

ग्लोबल आइएमई बैंक

६.००

६.००

४.२५

४.२५

20

हिमालयन बैंक

६.००

६.००

५.००

४.५०

औसत

 

५.४६३५

५.२००५

-०.२६३

३.८७४५

३.६५४

-०.२२०५

 


प्रकाशित : शुक्रबार, असोज ३१ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend