बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लालझाडीमा विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति गरिँदै

बिहीबार , असोज ३० २०८२
लालझाडीमा विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति गरिँदै

प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो।

कञ्चनपुर- लालझाडी गाउँपालिकामा विश्व बैंकको २९ करोड ४६ लाख ४३ हजार ७२३ रूपैयाँको अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ।

प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो। गाउँपालिका-६ चानदेवदेखि वडा नं २ काठमाडौं डाँडासम्मको १३ दशमलव ६ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए।

उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ। 'सडक कालोपत्र कार्यका लागि डुकुचु'अनक'जोशी जेभीसँग गत वैशाख महिनामै ठेक्का भइसकेको छ। अब केही दिनभित्रै निर्माण कार्य सुरु हुन्छ', अध्यक्ष रानाले भने।

सडक निर्माणको कार्य आगामी जेठ महिनाभित्रै पूरा गर्ने समयसीमा निर्धारण गरिएको छ।

सडक कालोपत्र भएमा पूर्वमा सुदूरपश्चिम प्रदेश सदरमुकामतर्फ जाने सडक र पश्चिममा जिल्ला सदरमुकाम, बेलौरी-कलुवापुर राजमार्गसम्मको पहुँचमा सहज हुनेछ।

प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमका व्यवस्थापक रामचन्द्र खत्रीका अनुसार निर्माणकार्य अगाडि बढाउन जग्गाको समस्या भएका क्षेत्रमा प्रभावित परिवारसँग छलफल भइ समाधानको प्रयास भइरहेको बताए। रासस


प्रकाशित : बिहीबार , असोज ३० २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend