बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा घोषणा

मंगलबार, असोज २८ २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा घोषणा

उनको बहिर्गमनसँगै अब मधेस सरकार गठनको लागि बाटो खुलेको छ।

धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’बाटै आज आफ्नो राजीनामा घोषणा गरेका छन्।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन आज प्रदेशसभामा विश्वासको मत सामना नगरी रोष्ट्रमबाटै राजीनामा घोषणा गरेका हुन्।

उनले राजीनामा घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरे।

सिंहले राजीनामा घोषणा गर्दै आफ्ना पार्टी अध्यक्ष सिके राउतलाई विभिन्न आरोपसमेत लगाए। मुख्यमन्त्रीको बहिर्गमनसँगै अब मधेस सरकार गठनको लागि बाटो खुलेको छ। रासस


प्रकाशित : मंगलबार, असोज २८ २०८२१७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend