बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मनास्लु आरोहीबाट १५ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २४ २०८२
मनास्लु आरोहीबाट १५ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन

८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३ सय ७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए।

गोरखा- यस वर्ष मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३ सय ७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १ सय ९५ रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ।

८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३ सय ७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। अनुमति लिएकामध्ये ९५ महिला र २ सय ७९ पुरुष हुन्।

४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल १९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसमध्ये झन्डै १६ करोड मनास्लुबाटै संकलन भएको छ। कुल ८ सय २ आरोहीमध्य ३ सय ७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन्।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए। उनीहरुबाट ४२ लाख १२ हजार ३७५ राजस्व संकलन भएको छ। आठ हजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई-दुई जनाले मात्र अनुमति लिएका विभागले जनाएको छ।

विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अवस्थित छ। यो याममा अरू हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ। रासस


प्रकाशित : शुक्रबार, असोज २४ २०८२१५:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend