बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हिमालय एयरलाइन्सले सबै यात्रुलाई जीवनदायी मेसिनसहित उडाउने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
हिमालय एयरलाइन्सले सबै यात्रुलाई जीवनदायी मेसिनसहित उडाउने

काठमाडौं- हिमालय एयरलाइन्सले यात्रुलाई अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (यड) सहित उडान गराउने भएको छ। एयरलाइन्सले सबै उडानमा यात्रुलाई उक्त सुविधा दिने भएको हो। 

उक्त जीवनदायी मसिन राखिए पश्चात् हिमालयका जहाजहरुमा यात्रा गर्दा विगत भन्दा सुरक्षित, विश्वसनीय र आरामदायी हुने निश्चित भएको छ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर जीवनदायी मसिन जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ।

यस कार्य पश्चात हिमालय एयरलाईन्स जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको मुलुकै पहिलो र एक मात्र एयरलाइन्स भएको दावी कम्पनीले गरेको छ।  

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिने एयरलाइन्सले जनाएको छ। 
 


प्रकाशित : बुधबार, भदौ ३० २०७८१२:०४
  • सम्बन्धित विषय:

  • # पर्यटन
  • # उड्डयन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend