बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुलाकी राजमार्गको भगवानपुर-कल्याणकोट खण्डको ईआईए स्वीकृत, लागत १ अर्ब ५४ करोड रुपैयाँ

शुक्रबार, असोज २४ २०८२
हुलाकी राजमार्गको भगवानपुर-कल्याणकोट खण्डको ईआईए स्वीकृत, लागत १ अर्ब ५४ करोड रुपैयाँ

काठमाडौं- सरकारले भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा ३५ किलोमिटर सडक निर्माण गर्ने भएको छ। सडक निर्माणका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट (ईआईए) स्वीकृत भएको छ।

वन तथा वातावरण मन्त्रालयले सडक निर्माणका लागि पेस भएको रिपोर्ट स्वीकृत गरेको होसडक निर्माणका लागि हुलाकी राजमार्ग आयोजना निर्देशनालय प्रस्तावक रहँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पेस गरेको थियो।

रिपोर्टमा सडक आयोजनका कुल लागत १ अर्ब ५४ करोड ३९ लाख ८५ हजार ४ सय ७० रुपैयाँ रहेको छ। रिपोर्टमा प्रतिकिलोमिटर निर्माण लागत ४ करोड ४१ लाख १३ हजार रुपैयाँ रहने उल्लेख छ।

भगवानपुर-कल्याणकोट-शिवगढी-गोबरडिहा सडक हुलाकी राजमार्ग आयोजनाअन्तर्गत लुम्बिनी प्रदेश, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नम्बर ९ र विजयनगर गाउपालिका वडा नम्बर १ तथा दाङ जिल्ला, गढवा गाउँपालिकावडा नम्बर १ र २ मा पर्ने छ।

प्रस्तावित सडक खण्ड सुरु बिन्दु शिवराज नगरपालिका वडा नम्बर ९ बिचगौरी र अन्तिम बिन्दु गढवा गाँउपालिका वडा नम्बर २ कोठारी रहेको छ। यस सडकखण्डको लम्बाइ ३५ किलोमिटर र सडकको क्षेत्राधिकार बीच रेखाबाट दायाँ/बायाँ दुवैतिर १५/१५ मिटर गरी ३० मिटर रहने रिपोर्टमा छ। सडक खण्डको फर्मेशन विथ ११ मिटर छ भने क्यारिज वे ७ मिटर रहेको छ।


प्रकाशित : शुक्रबार, असोज २४ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend