बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सौर्य ऊर्जाबाट हुने विद्युत उत्पादन आयोजनाको क्षमता बढाइयो, पहाडी क्षेत्रमा ५०, तराई क्षेत्रमा ४० मेगावाट

शुक्रबार, असोज २४ २०८२
सौर्य ऊर्जाबाट हुने विद्युत उत्पादन आयोजनाको क्षमता बढाइयो, पहाडी क्षेत्रमा ५०, तराई क्षेत्रमा ४० मेगावाट

काठमाडौं- सरकारले 'वातावरण संरक्षण नियमावली २०७७' लाई संशोधन गर्दै सौर्य ऊर्जाबाट हुने विद्युत उत्पादन आयोजनाको क्षमता बढाउने व्यवस्था गरेको छ।

विगतमा सौर्य ऊर्जाबाट १० मेगावाट क्षमताको विद्युत उत्पादन आयोजना सञ्चालन गर्ने व्यवस्था थियो। अहिले नियमावली संशोधन गर्दै पहाडी क्षेत्रका ५० मेगावाट र तराई क्षेत्रका ४० मेगावाट क्षमता बनाइएको हो।

संशोधन भएको नियमावलीमा भनिएको छ, 'पहाडी क्षेत्रमा ५० मेगावाट तथा तराई क्षेत्रमा ४० मेगावाटभन्दा बढी क्षमताको सौर्य ऊर्जाबाट विद्युत उत्पादन आयोजना सञ्चालन गर्ने।'


प्रकाशित : शुक्रबार, असोज २४ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend