बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बाढीपहिरोका कारण पोखराको पर्यटनमा असर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २२ २०८२
बाढीपहिरोका कारण पोखराको पर्यटनमा असर

'अघिल्ला वर्षहरूमा दसैँपछि कोजाग्रत पूर्णिमाको दिनमा त यहाँका होटेलमा कोठा नै पाउन मुस्किल हुन्थ्यो, यस वर्ष त अधिकांश होटेलहरूमा पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको छ।'

गण्डकी- दसैँको समयमा देशभर आएको बाढीपहिरोका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर परेको छ।

मौसम विभागको पूर्वानुमानसँगै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी असोज १८ गतेदेखि २० गतेसम्म गरिएको अत्यावश्यक बाहेकका सार्वजनिक यातायात सञ्चालनमा रोक एवम् देशका विभिन्न स्थानमा परेको पानीका कारण पर्यटकको आगमन प्रभावित बनेको हो।

यस अघिका वर्षमा दसैँको टीका सकिएसँगै पोखरा घुम्न आउने पर्यटकका कारण पोखराका होटेलमा कुल क्षमताको ८० प्रतिशतभन्दा बढी भरिभराउ हुने गरेकोमा यसवर्ष सो सङ्ख्या घटेर ३० प्रतिशतमा सीमित भएको होटेल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

दसैँको टीका लगाएसँगै पूर्णिमासम्म बिदा हुने भएकोले देशका विभिन्न भागबाट बिदाको उपयोग गर्न पारिवारिक भ्रमणमा पोखरा आउने प्रचलन अत्याधिक रहेको उनले बताए।

'अघिल्ला वर्षहरूमा दसैँपछि कोजाग्रत पूर्णिमाको दिनमा त यहाँका होटेलमा कोठा नै पाउन मुस्किल हुन्थ्यो', उनले भने, 'यस वर्ष त अधिकांश होटेलहरूमा पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको छ।' रासस


प्रकाशित : बुधबार, असोज २२ २०८२१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend