बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रामेछाप-काठमाडौं सातामा तीन दिन उडान हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २२ २०८२
रामेछाप-काठमाडौं सातामा तीन दिन उडान हुने

प्रत्येक बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप-काठमाडौं-रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ।

रामेछाप- आजदेखि रामेछाप-काठमाडौं रुटमा हवाई उडान हुने भएको छ।

स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन्। 

केही दिनयता रामेछाप-लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप-काठमाडौं उडान हुन सकेको थिएन। यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण विपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो। 

मन्थलीबाट बिपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौंको दूरी करिब २०० किमी छ। 

अबदेखि प्रत्येक बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप-काठमाडौं-रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज २२ २०८२१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend