बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निसानले भारतमा देखायो नयाँ एसयूभी टेकटनको ‘फस्ट लुक’, सार्वजनिक भएलगत्तै नेपाल आउने

बुधबार, असोज २२ २०८२
निसानले भारतमा देखायो नयाँ एसयूभी टेकटनको ‘फस्ट लुक’, सार्वजनिक भएलगत्तै नेपाल आउने

निसान इन्डियाले नयाँ एसयूभी टेकटनको एक्सटेरियर डिजाइनका बारेमा मंगलबार जानकारी दिएको हो। कम्पनीले यसको इन्टेरियर डिजाइनका बारेमा पनि धेरै कुरा सार्वजनिक गरेको छ।

काठमाडौं- जापानी सवारी उत्पादन कम्पनी निसानले भारतमा नयाँ कारको फस्ट लुक सार्वजनिक गरेको छ। निसान इन्डियाले छिट्टै बिक्रीका लागि सार्वजनिक गर्ने तयारी गरेको सी-सेगमेन्ट एसयूभीको नाम मंगलबार घोषणा गरेको हो। 

सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारालगायतसँग प्रतिस्पर्धा गर्ने मोडलका रुपमा ल्याउन लागेको नयाँ एसयूभीको नाम निसानले इन्डियाले ‘टेकटन’ राखेको छ। उक्त नाम कम्पनीले ग्रिक शब्दबाट लिएको हो। ग्रिकमा टेकटनको अर्थ ‘क्राफ्टम्यान’ वा ‘आर्किटेक्चर’ भन्ने हुन्छ। 

२०२६ को सुरुमा उक्त एसयूभी भारतीय बजारमा सार्वजनिक गर्ने र साही वर्षको मार्चदेखि उक्त एसयूभी भारतीय बजारसहित अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना निसानले बनाएको छ। उक्त टेकटन एसयूभी भारतीय बजारमा बिक्री सुरु भएलगत्तै नेपाली बजारमा समेत आउनेछ।  

निसान इन्डियाले नयाँ एसयूभी टेकटनको एक्सटेरियर डिजाइनका बारेमा मंगलबार जानकारी दिएको हो। कम्पनीले यसको इन्टेरियर डिजाइनका बारेमा पनि धेरै कुरा सार्वजनिक गरेको छ। 

निसान टेकटनमा ग्रिल र प्रमुख विशेषताका रुपमा आफै पुरानो पेट्रोल एसयूभीबाट लिएको जनाएको छ।  फ्ल्याट बोनेट, वारपार कनेन्ट लाइटसहितको एलईडी हेडलाइट र टेललाइट प्रयोग भएर टेकटन आउनेछ। साइडमा म्याग्नाइटमा जस्तै फ्लेयर ह्वील आर्क र मल्टी स्पोक अलोय ह्वील हुनेछ।

नयाँ एसयूभीको इन्टेरियरमा तीन रंगको प्रयोगमा बनेको ड्यासबोर्ड हुनेछ भने ड्यासको सबैभन्दा माथि सफ्टटच मटेरियल र बाँकी भागमा ग्लसी ब्ल्याक फिनिस रहने निसानले उल्लेख गरेको छ। 

निसानले नयाँ एसयूभीमा ठूलो साइजको टचस्क्रिन इन्फोटेन्मेन्ट स्क्रिन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामरा र एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडीएएस)लगायत विशेषता उपलब्ध हुने जनाएको छ। 

निसान इन्डियाले मंगलबार नयाँ एसयूभीका विशेषता र डिजाइन बारे बताएको भएपनि इन्जिनका बारेमा केही बताएन। कम्पनीले पेट्रोल र हाइब्रिड इन्जिन अप्सनमा नयाँ एसयूभी बजारमा ल्याउने अनुमान गरिएको छ। 

निसानको नयाँ एसयूभी भारतको चेन्नइमा रहेको रनोसँगको संयुक्त एलाइन्टको प्लान्टमा उत्पादन हुनेछ। उक्त प्लान्टमा उत्पादन भएको नयाँ एसयूभी निसानले भारतसहित विश्व बजारमा बिक्री गर्ने छ। निसानको ‘वान कार, वान वल्र्ड’ रणनीति अन्तर्गत यो कार उत्पादन भइरहेको छ। 

निसानका कार नेपाली बजारमा पायोनियर मोटोकर्पले आधिकारिक बिक्रेताको रुपमा बिक्री गर्दै आएको छ। हाल कम्पनीले निसानको क्रसओभर एसयूभी म्यागनाइट, निसान एक्सट्रेल, निसान नभारा पिकअपलगात सवारी बिक्री गर्दै आएको छ। 


प्रकाशित : बुधबार, असोज २२ २०८२१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend