काठमाडौं- नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा कमी आएको छ। पछिल्लो आन्दोलनका कारण पर्यटकीय सिजनमा नै संख्यामा कमी आएको छ।
गएको महिना सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल भ्रमणमा आएका छन्। गएको वर्ष सेप्टेम्बरमा ९६ हजार ३ सय ५ पर्यटकले नेपाल भ्रमण गरेका थिए। गएको वर्षको तुलनामा पर्यटकको संख्यामा १८.३ प्रतिशतले कमी आएको हो।
यो वर्ष २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्मको तथ्यांक हेर्दा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ८ लाख १५ हजार २ सय ७३ पुगेको छ।
गएको सेप्टेम्बरमा सबैभन्दा बढी पर्यटक भारतबाट १५ हजार ५ सय ५६, अमेरिकाबाट ९ हजार ६ सय ७९, अस्ट्रेलियाबाट ६ हजार ८ सय २४, चीनबाट ५ हजार २ सय ३७ र बेलायतबाट ४ हजार ९ सय ८१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
