बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युत निर्यातबाट १५ अर्ब रुपैयाँ आम्दानी, दैनिक एक हजार मेगावाट निर्यात

मंगलबार, असोज २१ २०८२
विद्युत निर्यातबाट १५ अर्ब रुपैयाँ आम्दानी, दैनिक एक हजार मेगावाट निर्यात

विद्युत् निर्यातबाट भारु र डलर दुबै मुद्रामा आम्दानी भइ देशको विदेशी मुद्राको भण्डारमा सकारात्मक योगदान पुगेको प्राधिकरणले जनाएको छ।

काठमाडौं- नेपालले चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार देशभित्रको माग पूरा गरी बाँकी अतिरिक्त विद्युत् दैनिक रुपमा औसत एक हजार मेगावाटसम्म निर्यात भइरहेको छ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी दरमा भारतमा विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ। यसबाहेक हरियाणा र बिहार राज्यसँग द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार पनि निर्यात भइरहेको छ।

भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् बिक्री भइरहेको छ। भारतसँगको विद्युत् कारोबार भारतीय रुपैयाँ (भारु) मा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ।

प्राधिकरणका अनुसार नेपालले भारत र बंगलादेश गरी १ हजार १ सय ६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ। विद्युत् निर्यातबाट भारु र डलर दुबै मुद्रामा आम्दानी भइ देशको विदेशी मुद्राको भण्डारमा सकारात्मक योगदान पुगेको प्राधिकरणले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज २१ २०८२११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend